There were 105 press releases posted in the last 24 hours and 202,713 in the last 365 days.

2024 PMGC बाट होरा इस्पोर्ट्स बाहिरियो, डीआरएस भने तेस्रो हप्तामा नेपालको नेतृत्व गर्ने तयारीमा

2024 PMGC बाट होरा इस्पोर्ट्स बाहिरियो, डीआरएस भने तेस्रो हप्तामा नेपालको नेतृत्व गर्ने तयारीमा

2024 PUBG MOBILE Global Championship (PMGC) को पहिलो हप्ताको अंक तालिका

NEPAL, November 6, 2024 /EINPresswire.com/ -- 2024 PUBG MOBILE Global Championship (PMGC) को पहिलो हप्ताको अन्त्यमा, नेपालको होरा इस्पोर्ट्सले समूह ‘यलो’बाट हार बेहोर्दै आफ्नो PMGC यात्रालाई अन्त्य गरेको छ। लगभग ४० करोड नेपाली रुपैयाँ पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्दै होरा इस्पोर्ट्सले नेपालको प्रतिस्पर्धात्मक गेमिङ्मा आफ्नो दृढता र कौशलता प्रदर्शन गरेको थियो; तर यो उनीहरूकालागि समूह चरण पार गर्न पर्याप्त हुन सकेन।

चुनौतिपूर्ण शुरुवातको बाबजुद, होरा इस्पोर्ट्सले दोस्रो दिन आफ्नो पहिलो जित निकाल्दै समर्थकहरूमा उत्साह थप्ने काम गरेका थिए। यद्यपि, थप खेलहरूमा गति समात्न संघर्ष गर्दै उनीहरूले समूह ‘यलो’ को चरणभरि केवल दुईवटा अतिरिक्त शीर्ष-तीन स्थान मात्र हातपार्न सफल भए। अन्ततः, उनीहरू 2024 PMGC को सर्भाइवल चरणमा प्रवेश गर्न एक स्थानले पछि परेर आफ्नो यस यात्रामा पूर्णविराम लगाएका छन्।

अनुभवी खेलाडी ‘माफिया निन्जा’ (उगेन लामा) को नेतृत्वमा, ‘मलिक’ (मनिष विक्रम कार्की), ‘मिस्टर बोरो’ (अञ्जन राई), ‘स्काइ’ (आकाश सोताङ राई), र नयाँ सदस्य ‘नोफियर’ (आयुष लामा) सहितको होरा इस्पोर्ट्सले क्षेत्रीय च्याम्पियनको रुपमा आफ्नो अद्वितीय शक्ति र दृढता विश्वस्तरमा प्रस्तुत गरेको छ।

होरा इस्पोर्ट्सले PMGC मा आफ्नो यात्रा टुंग्याएतापनी नेपाल र नेपालीको आशा भने अझ जिवितै रहेको छ। तेस्रो हप्तामा समूह ‘ग्रीन’ मा प्रतिस्पर्धा गर्न नेपालबाट अर्को दाबेदार डीआरएस गेमिङ्ले आफ्नो तयारी पुरा गरेको छ। आफ्नो स्थिर प्रदर्शन र रणनीतिक क्षमताका लागि परिचित डीआरएस गेमिङ्ले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठित बनाउने उद्देश्यका साथ PMGC को गौरव हासिल गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ।

नेपालका समर्थकहरूले पब्जी मोबाइल साउथ एसिया इस्पोर्ट्स च्यानलहरू (फेसबुकमा @PUBGMESPORTSSOUTHASIA र युट्युबमा @PUBGMOBILEEsportsSouthAsia) मा PMSL का खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुनेछ, जहाँ दर्शकहरूले नेपालको इस्पोर्ट्स खेलाडीहरूको निरन्तर समर्पण देख्न पाउनुहुनेछ।

ABOUT PUBG MOBILE
पब्जी मोबाइल पब्जी: ब्याटलग्राउन्ड्समा आधारित छ जसले सन् २०१७ मा इन्टरएक्टिभ मनोरञ्जनको दुनियाँमा तहल्का मच्चाएको थियो।
यस खेलमा १०० जना खेलाडीहरू एकैसाथ प्रतिस्पर्धा गर्न एक टापुमा प्यारा–सुट प्रयोग गरी हाम्फाल्छन् र खेल सुरु हुन्छ। खेलाडीहरूले आफ्नै हतियार, सवारीसाधन, र सामग्रीहरू खोज्न र जम्मा गर्नुपर्छ, र खेलको बिस्तारै घट्दै जाने खेल क्षेत्रभित्र अन्य सबै खेलाडीहरूलाई पराजित गर्नुपर्छ। र अन्तिमसम्म जो जीवित रहन्छ, उसैले खेल जित्ने गर्दछ।

पब्जी मोबाइललाई टेन्सेन्ट गेम्सको लाइटस्पीड स्टुडियो र क्राफ्टन इंक. द्वारा संयुक्त रूपमा विकसित गरिएको हो।
थप जानकारीको लागि, पब्जी मोबाइलका आधिकारिक फेसबुक, इन्स्टाग्राम, एक्स, र युट्युब अकाउन्टहरूमा हेर्न सक्नुहुनेछ।
पब्जी मोबाइल App Store र Google Play Store मा निःशुल्क डाउनलोड गर्न उपलब्ध रहेको छ।

Media Unit
PUBG MOBILE
email us here
Visit us on social media:
Facebook
YouTube

Legal Disclaimer:

EIN Presswire provides this news content "as is" without warranty of any kind. We do not accept any responsibility or liability for the accuracy, content, images, videos, licenses, completeness, legality, or reliability of the information contained in this article. If you have any complaints or copyright issues related to this article, kindly contact the author above.